बिहीबार, वैशाख २०, २०८१

प्रदूषणले जीवनको पाँच वर्ष खोस्दै

नेपालखोज २०८० भदौ २५ गते ६:५७

एक नयाँ प्रतिवेदनले दक्षिण एसियामा वायु प्रदूषण प्रमुख स्वास्थ्य खतरा बनेको पुष्टि गरेको छ। यस क्षेत्रको आयुमा पाँच वर्षभन्दा बढीको कमीका लागि प्रदूषण जिम्मेवार हुन सक्छ ।

अमेरिकाको शिकागो युनिभर्सिटीको एनर्जी पोलिसी इन्स्टिच्युट (ईपीआईसी) ले आफ्नो पछिल्लो वायु गुणस्तर जीवन सूचकांकमा प्रदुषणका कारण विश्वमा हुने आयुमा आधाभन्दा बढी गिरावट दक्षिण एसिया लगायतका देशमा रहेको बताएको छ जसमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान छन् । यो अध्ययन अनुसार विश्वको सबैभन्दा प्रदूषित देश बंगलादेशमा प्रत्येक व्यक्तिको औसत उमेर ६।८ वर्षले घटन सक्छ । तुलना गर्दा अमेरिकामा यो दर ३.६ महिना छ । अध्ययनमा स्याटेलाइट डाटाको सहयोगमा वायुजनित कणको वृद्धिले आयुमा पर्ने असर नापिएको छ ।

चिन्ताजनक स्थिति

प्रतिवेदन अनुसार विश्वमा बढेको प्रदूषणको ५९ प्रतिशतमा भारत जिम्मेवार छ । देशका सबैभन्दा प्रदूषित क्षेत्रमा प्रदूषणका कारण मानिसको आयु घट्दै गएको छ । विश्वको सबैभन्दा प्रदूषित मेगा सिटी दिल्लीको औसत आयु १० वर्षभन्दा बढीले घटेको छ।

प्रतिवेदनमा विश्व स्वास्थ्य संगठनले विश्वभरका लागि सिफारिस गरेको पीएम २।५ को स्तरमा ल्याइएमा विश्वको औसत आयु २.३ वर्ष वा कुल १७.८ अर्ब वर्षले बढ्न सक्ने पनि उल्लेख छ । प्रति घनमिटर पीएम २.५ को सांद्रता पाँच माइक्रोग्रामले घटाउँदा पाकिस्तानको औसत नागरिकको आयु ३.९ वर्षले बढ्न सक्छ जबकि नेपालको औसत नागरिकको आयु ४.६ वर्षले बढ्न सक्छ।

यसबीच चीनमा सन् २०१३ र २०२१ को बीचमा प्रदूषणमा ४२।३ प्रतिशत कमी आएको छ। प्रतिवेदन अनुसार प्रदुषण विरुद्ध लड्न विश्वभरका सरकारहरूले सजिलै हेर्न सकिने वायु गुणस्तर डेटा जारी गर्नु आवश्यक छ ।

समस्या एकातिर, पैसा अर्का तिर

प्रतिवेदनमा भनिएको छ – वायु प्रदूषण विश्वभरका औसत व्यक्तिको स्वास्थ्यका लागि चुरोट र रक्सी भन्दा बढी खतरनाक छ, तर यो चुनौतीसँग लड्न छुट्याइएको रकम संक्रामक रोगहरूसँग लड्न विनियोजन गरिएको भन्दा धेरै कम छ । एसियाबाहेक अफ्रिकामा पनि प्रदूषणको अवस्था नाजुक छ तर दुवै महादेशमा आम जनतालाई समयमै सही तथ्याङ्क उपलब्ध गराउने पूर्वाधार निकै कमजोर छ ।

संसारमा परोपकारी कामका लागि धेरै थोरै पैसा उपलब्ध छ र यी दुई महाद्वीपले त्यसको सननो हिस्सा मात्र पाउँछन्। उदाहरणका लागि, अफ्रिकाले समग्र रूपमा वायु प्रदूषणसँग लड्न ३००००० डलर भन्दा कम सहयोग प्राप्त गर्दछ। एपिकका हावा गुणस्तर कार्यक्रम निर्देशक क्रिस्टा हसेनकोफ भन्छिन् -वायु प्रदूषण सबैभन्दा खराब भएको ठाउँ र जहाँ सामूहिक र विश्वव्यापी रूपमा हामी समस्या समाधान गर्न स्रोतहरू खर्च गरिरहेका छौं बीच गहिरो खाडल छ ।

र‍ोयटर्स र एएफपी

प्रतिक्रिया