राजनीतिक दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो हाेइन : नेता सिंह
नेपालखोज
२०७९ भदौ २५ गते १६:१२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति दल खोल्न्नु नाङ्लो पसल राख्नु जस्तो नभएकाे बताएका छन् । आफ्नो नेतृत्वमा बनाएको दललाई एक दुई वर्ष टिकाउन नसक्नेहरुले काम गर्न नसक्ने उनकाे आरोप छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुनै योग्यतको प्रमाण मान्न नसकिने बताएका हुन् ।
नेता सिंहले भने, ‘राजनीति दल खोल्न्नु नाङ्लो पसल राख्नु जस्तो नयाँ दल खोलेर परिवर्तन गर्छु भन्ने को हालत के छ ?’ अहिलेको व्यवस्थामा भ्रष्टाचार बढ्यो भनेर आलोचना हुने गरेको भन्दै उनले यस्तो अमूर्त कुरा गरेर नहुने बताए ।
सम्बन्धित

प्रतिक्रिया