बिहीबार, वैशाख १३, २०८१

माधव ढकालको ‘तिम्रो खुसीमा’ सार्वजनिक (भिडियोसहित)

नेपालखोज २०७९ भदौ २८ गते १२:०८

काठमाडौं । कुशल प्रशासक माधव ढकालको रचना रहेको तिम्रो खुसीमा बोलको गीत सार्वजनिक भएको छ । माया-प्रेमले भरिएको उक्त गीतमा सुमधुर स्वरकी धनी र अहिलेको चर्चित गायिका रचना रिमाल र निशान भट्टराईको स्वर सुन्न पाइनेछ । उत्तिकै सुमधुर संगीतले तिम्रो खुसीमा बोलको गीतका शब्द शब्दले हृदय छुनेछ । जसमा संगीतसमेत गीतकार ढकालकै छ ।

उक्त गीतमा संगीत संयोजन किरण कँडेलले गरेका हुन् भने शम्भु तण्डुकारको मिक्सिङ रहेको छ ।

नेपाल सरकारको उपसचिवका रुपमा सरकारी सेवामा सक्रिय ढकालले यसअघि नै चर्चित गीत तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ बोलको गीत ल्याएर चर्चा कमाएका थिए । उक्त गीतले वर्षको सर्वोत्कृष्ट गीतको अवार्डसमेत हात पार्न सफल रह्यो ।

यस्तै दोस्रो एल्बमका रुपमा ‘तिम्रो महल’ बजारमा ल्याए । जहाँ रामकृष्ण ढकालको स्वर सुन्न पाइन्छ ।

गजल लेखनमा बढी रुचि राख्ने ढकालले ०६४ मा गजल संग्रह पुस्तकका रुपमा प्रकाशन गरेका ढकालको उक्त कृतिमा ५६ गजल संग्रहित छन् । २०६७ मा चर्चा गजलको एल्बम प्रकाशन जसमा सातवटा गीत, गजल छन् । त्यसपश्चात पनि रामकृष्ण ढकाल, समीक्षा अधिकारी, डेभिड शंकरलगायत थुप्रै गायक-गायिकाको स्वरमा ढकालका गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया