आज तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना
नेपालखोज
२०७९ भदौ २९ गते ६:२९

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
सम्बन्धित

प्रतिक्रिया