भरतपुरमा जुत्ता पसल आगलागी, क्षतिको विवरण बाँकी
नेपालखोज
२०७९ भदौ २९ गते ८:०२

भरतपुर । भरतपुर महानगरपालिका–३ मा रहेको जुत्ता पसलमा आगलागी भएको छ । कमलनगरस्थित ओम व्याकेन सुज हाउसमा गए राति आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति विद्युत् सट भई आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका जुत्ता, चप्पल पूर्णरूपमा क्षति भएको छ ।
आगो स्थानीय, दमकल र प्रहरीको सहयोगमा १२ बजे नियन्त्रणमा लिइएको थियो । क्षतिको पूर्णविवरण आउन बाँकी रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
–
सम्बन्धित

प्रतिक्रिया