काठमाडौंका स्वरोजगार श्रमिक आन्दोलनमा
नेपालखोज
२०७९ भदौ ३० गते ११:२७

काठमाडौं । काठमाडौं महानगरपालिकाले विधि र कानुनी प्रक्रिया विपरित निर्माण भएका संरचनाहरु हटाउने अभियान सञ्चालन गरिरहेको भन्दै नेपाल स्वरोजगार व्यापार श्रमिक संघले आन्दोलनको घोषणा गरेको छ ।
आज (बिहीबार) सुनधारा, वीर अस्पताल, रत्नपार्क, भद्रकाली, शहिदगेट हुँदै महानगरपालिका कार्यालय प्रवेशद्धारमा र्याली गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई आतपात तथा गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको आन्दोलनको घोषणा गरेकाे हाे ।
विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको विरुद्धमा उक्त आन्दोलन गर्न वाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित

प्रतिक्रिया