राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोट

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र १ का साँसद महेश्वर गहतराजको पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो ।
छनौट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरिने छ । चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आ.वि. चन्नहवा, जनज्योती आ.वि. झण्डहवा र राम मा.वि. हवल्दारपुर छनौट भएका छन भने बैजनाथको सुर्योदय मा.वि.मा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ । त्यसैगरी राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. गुलरी, जनशक्ती मा.वि बालापुर, भुवर भवानी मा.वि. बिनौना तथा नेपाल राष्ट्रिय मा.वि. कोदरवटवा छनौट भएका छन ।
त्यसैगरी दुई कोठे पक्कि भवनका लागि कोहलपुरको नेपाल राष्ट्रिय आ.वि.लखनवार, बैजनाथको वागेश्वरी मा.वि., राप्ती सोनारीको नेपाल राष्ट्रिय मा.वि. अगैया, बालशान्ती आ.वि. भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आ.वि. शंकर नगरकोटिया छनौटमा परेका छन । छनौट परेका विद्यालयहरुले चार कोठा पक्की भवनका लागि प्रति विद्यालय ४५ लाख र दुई कोठे भवन निर्माणका लागि २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन ।
कार्यक्रम अन्तर्गत कृष्ण मा.वि. कोहलपुर, जन ज्ञान ज्योती मा.वि. कोहलपुर, जनजागरण आ.वि. बैजनाथ, जनसहयोगी आ.वि. बैजनाथ, गणेश आ.वि. ढकेरी, शिवशक्ती मा.वि. पेरानी, जनशक्ती मा.वि.बैजापुर र नेपाल राष्ट्रिय आ.वि.नरैनापुर सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनौट भएका छन । छनौट भएका विद्यालयहरुमा आईसिटी (सूचना तथा प्राविधि प्रयोगशाला) निर्माणका लागि प्रति विद्यालय छ लाख ५० हजारका दरले बजेट बिनियोजन गरीएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
गहतराजकै पहलमा यसअघि बाँकेमा १०० भन्दा बढि पक्की कक्षा कोठा निर्माण भईसकेका छन । विद्यालयबाट टिनको छाना बिस्थापित गर्ने अभियान अन्तर्गत गहतराजको पहलमा चालु आर्थिक वर्षमा थप १५ वटा विद्यालयमा ५० वटा पक्की कक्षा कोठा निर्माणका लागि बजेट विनियोजन भएको हो ।
प्रतिक्रिया