राष्ट्र बैंकद्वारा पुन: ११ अर्ब ८३ करोडको ट्रेजरी आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन: ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार आज (आईतबार) अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने असोज चार गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड रुपैयाँ र एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड रुपैयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश: २०७९ कात्र्तिक एक गते, पुस ५ गते र चैत्र सात गते तोकिएका छन् । यि ट्रेजरीहरु सबै पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि यही भदौ २७ गते पनि राष्ट्र बैकले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया