जरिवाना वापतको रकम नबुझाउने उम्मेद्वारले ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने
नेपालखोज
२०७९ असोज ४ गते ७:४९

काठमाडाैं । निर्वाचन आयोगले तोकिएको समयभित्र आफूलाई लागेको जरिबाना वापतको रकम नबुझाउने उम्मेद्वारले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने बताएकाे छ ।
निर्वाचन आयोगले एक सूचना जारी गर्दै तोकिएको समयभित्र आफूलाई लागेको जरिबाना वापतको रकम नबुझाए ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने जनाएको हाे ।
समयमै निर्वाचन खर्च विवरण नबुझाउने उम्मेद्वारलाई आयोगले निश्चित समय तोकेर जरिबानासहितको रकम बुझाउन समय दिने र उक्त समयमा पनि खर्च विवरण नबुझाए ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने निर्णय गरेकाे जनाएकाे छ ।

सम्बन्धित

प्रतिक्रिया