राधी विद्युत कम्पनीकाे आजदेखि हकप्रद बिक्री खुला

नेपालखोज २०७९ असोज ५ गते ८:३२

काठमाडाैं । राधी विद्युत कम्पनी लिमिटेडले आजदेखि ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको हकप्रद बिक्री खुला गरेको छ । कम्पनीले १ कित्ता बराबर नयाँ १.४७५२ कित्ता सेयर अनुपातमा अंकित मूल्य १०० रुपैयाँ दरका ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद जारी गरेको हो । 

कम्पनीले जारी गर्ने हकप्रदमा भदौ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुन आएका सेयरधनीहरुले मात्र आवेदन गर्न सक्नेछन् । हकप्रदमा मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया