शुक्रबार, असार ६, २०८२

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकाे प्रति महासंघकाे ध्यानाकर्षण

नेपालखोज २०७९ असोज ५ गते १८:४४

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा गरेको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । असोज १ गतेदेखि लागू हुने गरी रबैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा गरेको वृद्धिप्रति सरकार र राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हाे । महासंघले एक विज्ञप्ति जारी गर्दे कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ ध्यानाकर्षण गराएकाे छ ।

‘बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘८ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक, वित्तीय संस्थाहरूको यस निर्णयले थप माथि लग्नेछ। अर्थतन्त्र सुंकचित हुँदै जांदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको छ।’

प्रतिक्रिया