भीमफेदीमा बस दुर्घटना, ५ जनाको मृत्यु

नेपालखोज २०७९ असोज ६ गते १६:२६

काठमाडौं । भीमफेदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८  नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले बताए ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो । जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।

प्रतिक्रिया