बुधबार, वैशाख १२, २०८१

यूईएफए नेसन्स लिग : क्रोएशिया शीर्ष स्थानमा, फ्रान्सको पहिलो जीत

नेपालखोज २०७९ असोज ७ गते ७:१२

काठमाडाैं । यूईएफए नेसन्स लिग फुटबलको समूह ए मा क्रोएशिया शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा डेनमार्कविरुद्ध २–१ गोल अन्तरको जीत दर्ता गरेको क्रोएशियाले ५ खेलमा १० अंक बनाएको छ । पराजित भएको डेनमार्क ९ अंकसहित दोस्रो स्थानमा छ ।

घरेलु मैदानम क्रोएशियाले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । बराबरी भएको २ मिनेट भित्रै लोभार माजेरले गोल गर्दै क्रोएशियालाई २–१ को जीत पक्का गरेका थिए ।

समूह ए मै रहेको फ्रान्सले अष्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ । फ्रान्सको यो पहिलो जीत पनि हो । तालिकको तेस्रो अंकमा रहँदा ५ खेलबाट ५ अंकमात्रै जोडेको छ ।

फ्रान्सको जीतमा केलियन एम्बाप्पे र ओलिभर जिरुडले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५६औं मिनेटमा एम्बाप्पेले गोल गरेका थिए भने ६५ औं मिनेटमा जीरुडले टिमका लागि दोस्रो गोल गर्दै फ्रान्सलाई सहज जीत दिलाए । 

प्रतिक्रिया