शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार

नेपालखोज २०७६ मंसिर १८ गते ११:१८

१८ मंसिर, काठमाडौँ । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले बताएको छ ।

गत मंसिर १० गते मनोमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनु भएका प्रधानमन्त्री ओलीको ’एपेन्डिसाइटिस’ का साथै ’पेरिटोनाइटिस’ समेत देखिएपछि ’ल्यापरोटोपी’ र ’एपेन्डेक्टोमी’ गरिएको थियो । त्यसयता उहाँ सोही अस्पतालमा उपचाररत हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल उहाँलाई चिकित्सकीय अवलोकनमा राखिएको आज बिहान अस्पताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया