टी-ट्वान्टी आई : ६ विकेटले भारत विजयी

काठमाडाैं । अष्ट्रेलियासँगको टी-ट्वान्टी आई सिरिज भारतले हात पारेको छ । भारतले तीन टी-ट्वान्टी आई खेलको सिरिज २-१ जितेको हो । गएराति सम्पन्न अन्तिम तथा तेस्रो तथा निर्णायक खेलमा भारतले अष्ट्रेलियामाथि ६ विकेटको रोमान्चक जित हात पार्दै सिरिज कब्जा गर्यो । अष्ट्रेलिया दिएको १ सय ८७ रनको विजयी लक्ष्य भारतले १९.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।
जसमा म्यान अफ द म्याच बनेका भारतका सूर्यकुमार यादवले ६९ रनको योगदान गरे । यस्तै विराट कोहलीले ६३ रन जोडे । अष्ट्रेलियाका ड्यानियल साम्सले २, जोश हेजलवुड र प्याट कमिन्सले एक एक विकेट हात पारे । त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो ।
उसका क्यामरन ग्रीनले ५२ र टिम डेविडले ५४ रन हिर्काए । भारतका अक्षर पटेलले ३ , भुवनेश्वर कुमार, हर्षल पटेल र युजभेन्द्र चहलले एक एक विकेट झारे ।
प्रतिक्रिया