हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा
नेपालखोज
२०७९ असोज १० गते ११:५८

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु गरिएको हो । बिहान १० बजेर २३ मिनेटको शुभ साइतमा जमरा राखियो । यस अवसरमा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईंसमेत गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया