मंगलबार, पुष ८, २०८२

नेपाल क्रेडिट एन्ड कमर्स र कुमारी बैंक एक आपसमा गाभिने

नेपालखोज २०७९ असोज ११ गते ८:२८

काठमाडाैं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक र कुमारी बैंक एक आपसमा गाभिने भएका छन् । सञ्चालकहरुको कुरा मिलेपछि सोमबार मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएकाे हाे ।

प्रारम्भिक सम्झौता अनुसार दुई बैंकले एक बराबर एक सेयरको अनुपातमा मर्ज हुनेगरी सम्झौता गरेका छन् । यद्यपि डीडीए रिपोर्ट आएपछि यो अनुपात फरक पर्न सक्छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका हालका सीईओ रमेशराज अर्याल हुनेछन् ।

हाल कुमारी बेंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ। दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड पुग्नेछ।

प्रतिक्रिया