‘कुनै पर्वले फुटपाथ व्यवस्थापन अभियान रोक्न सक्दैन्’
नेपालखोज
२०७९ असोज १३ गते १३:४३

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफ्नै नीति रहेकाले निरन्तर व्यवस्थापनको काम गर्ने जनाएको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै शाहले पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आंशिक नभई दीर्घकालीन रूपमा कार्यक्रम चलाउने बताएका हुन्।
फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशनरप्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उनले भनेका छन्,‘सडकमा पैदल यात्रीको पहिलो अधिकार रहन्छ,यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ,सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो, यो कायम छ।’
फुटपाथ व्यवस्थापन कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने उनले स्पष्ट पारेका छन् ।
सम्बन्धित

प्रतिक्रिया