शुक्रबार, असार २०, २०८२

पछिल्लो चाैबीस घण्टामा थप ८ जनामा कोरोना पुष्टि

नेपालखोज २०७९ असोज २२ गते १९:१७

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६८ पीसीआर परीक्षणमा ६ जना र ८६१ एन्टिजेन परीक्षणमा २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५७३ रहेको छ ।

प्रतिक्रिया