पुनम मोथेको ‘नाच माया नाच’ गीत छायाँकन सम्पन्न
नेपालखोज
२०७९ असोज २३ गते १६:२५

काठमाडौं । लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय रहँदै आएकी गीतकार पुनम मोथेको ‘नाच माया’ बोलको गीतको छायाँकन सम्पन्न भएको छ ।
गीतमा शब्द पुनम मोथेकै रहेको छ भने स्वर तिलक बस्नेत र बिन्दु परियारको रहेको छ । गायक स्वयम तिलक बस्नेतले संगीत भरेका छन् भने गीतको भिडियोतर्फ भने बिना राउत र सरोज प्रजाको अभिनय, पवन सुस्लिङको छायाँकन तथा सम्पादन, प्रशान्त मगरको कोरियोग्राफी तथा जीवन शाहीको निर्देशन रहेको छ ।
लामो समयदेखि संगीत यात्रालाई निरन्तरता दिँदै आएकी पुनमको पछिल्लो समय अविरल माया बोलको गीत दर्शक श्रोताले अत्याधिक मन पराएका थिए ।
सम्बन्धित
प्रतिक्रिया