नेपाली सेनाद्वारा घाइतेको हवाई उद्धार
नेपालखोज
२०७९ असोज २३ गते २१:५०

गोरखा । गोरखामा गएको पहिरोमा परेर घाइते भएका सुर्खेत निवासी ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको छ ।
विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ मा गएको पहिरोमा परेर घाइते भएका विकलाई हेलिकोप्टरमाफर्त उद्धार गरिएको हो ।
नेपाली सेनाको उद्धार टोलीले आज हेलिकोप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याइएको जनाइएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया