आइतबार, वैशाख २३, २०८१

२७ अंकले घट्याे नेप्से, ९७ करोड १७ लाखको सेयर किनबेच

नेपालखोज २०७९ असोज २४ गते १६:१९

काठमाडौं । नेप्सेको उच्च बृद्धि एक दिन पनि टिकेन । अघिल्लो दिन ४४ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने २७ दशमलव १६ अंकले घटेर १८ सय ७१ दशमलव २२ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३६ अंकले घटेर तीन सय ६६ दशमलव ८४ अंकमा झरेको छ । दुई सय ३३ वटा कम्पनीहरुको १७ हजार आठ सय ७६ पटकको कारोबारमा ३१ लाख ५५ हजार छ सय ९५ कित्ता सेयर खरिद बिक्री भएकोमा कूल कारोबार रकम ९७ करोड १७ लाख ६७ हजार सात सय १४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा सामूहिक लगानी कोष समूहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाणिज्य बैंक समुहको सूचक १५ दशमलव एक अंकले घटेर १३ सय १२ दशमलव ८३ अंकमा झरेकोमा बिकास बैंक समूहको सुचक पनि ९१ दशमलव ६९ अंकले घटेर तीन हजार तीन सय ६६ दशमलव ६४ अंकमा झरेको छ ।

जलविद्युत समुहको सुचक पनि ४३ दशमलव ६१ अंकले घटेर १९ सय ८० दशमलव ५७ अंकमा झरेकोमा निर्जिवन बीमा समूहको सुचक पनि एक सय १४ दशमलव पाँच अंकले घटेर सात हजार पाँच सय २९ दशमलव ९७ अंकमा झरेको छ ।

जीवन बीमा समूहको सुचक पनि ७१ दशमलव ५५ अंकले घटेर आठ हजार आठ सय २९ दशमलव ७९ अंकमा झरेकोमा फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर पाँच सय एक रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मुल्य १० प्रतिशतले घटेर दुई सय ५१ रुपैयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीकै संस्थापक सेयरतर्फ प्रतिकित्ता दुई सय ५१ रुपैयाँ अन्तिम मुल्यमा १६ करोड ५८ लाख ७७ हजार चार सय १४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया