स्वतन्त्र उम्मेद्वार विजय कँडेलकाे चुनाव चिह्न चप्पल
नेपालखोज
२०७९ असोज २६ गते १८:४३

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेद्वार विजय कँडेलले चप्पल चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार कँडेललाई चप्पल चुनाव चिन्ह दिएको हो । निर्वाचन आयोगले स्वतन्त्र उम्मेद्वारलाई आज चुनाव चिन्ह प्रदान गरेको छ ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का लागि स्वतन्त्र उम्मेद्वार बनेका युवा व्यवसायि तथा सामाजिक अभियन्ता विजय कँडेललाई चप्पल चुनाव चिन्ह दिएको निर्वाचन अधिकृतको कार्यलयले जनाएकाे छ
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते उम्मेद्वारी दिएका स्वतन्त्र उम्मेद्वारहरुलाई चुनाव चिह्न वितरण गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टा-छुट्टै निर्वाचन चिह्न वितरण गरिएको आयोगले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया