हतकडीबिना नै सन्दीप लामिछाने अदालतमा उपस्थित

नेपालखोज २०७९ असोज २७ गते १२:०३

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछाने आज (बिहीबार) म्याद थपका लागि अदालतमा हातमा हतकडीबिना उपस्थित भएका हुन् ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई अदालतले पहिलो पटक दिएको ७ दिनको समयसीमा आज सकिएपछि प्रहरीले उनलाई म्याद थपका लागि उपस्थित गराएको थियो ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो । अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया