भगवान् शिवबाट यस्ताे शिक्षा पाइन्छ !

निमन्त्रणा बिना कहिल्यै नजानुहोस्
शिव र देवी सतीसँग सम्बन्धित छ । सतीका पिता प्रजापति दक्षले शिवलाई मन पराएनन् । दक्षले यज्ञ गराए । त्यो यज्ञमा दक्षले शिवबाहेक सबैलाई बोलाएका थिए । जब सतीले यो कुरा थाहा पाइन्, उनी बिना निम्तो बुबाको घरमा जान थालिन् । त्यतिबेला शिवले सतीलाई रोक्न निकै प्रयास गरे र निमन्त्रणाबिना नजाऔँ भने तर सती मानेनन् । यज्ञमा सतीको अगाडि दक्षले शिवको अपमान गरेपछि सतीले यज्ञकुण्डमा हाम फालेर आफ्नो शरीर अन्त्य गरिन् ।
बच्चालाई समाजसेवा र देशभक्तिको संस्कार दिनुहोस्
शिव र माता पार्वतीका पुत्र कार्तिकेय स्वामीको जन्म जंगलमा भएको थियो । कार्तिकेयको पछि कृत्तिकाहरू थिए । जब शिव–पार्वतीले कार्तिकेयको बारेमा थाहा पाए, तब उनीहरूले कार्तिकेयलाई आफूकहाँ बोलाए । त्यतिखेर सबै देवताहरू शिवकहाँ पुगे र तारकासुरले आक्रोश उत्पन्न गरेको बताए । तारकासुरलाई तिम्रो छोराले मात्र मार्ने वरदान पाएको छ। तिमीले कार्तिकेयलाई हामीसँग पठाउ, ताकि कार्तिकेयले तारकासुरलाई मारेर हामीलाई बचाउन सकुन् । उनका छोरा कार्तिकेय पहिले नै शिव र पार्वतीकहाँ आएका थिए र उनीहरूले कार्तिकेयलाई देवताहरूको कल्याणको लागि जान अनुमति दिए। शिवजीले हामीलाई यहाँ यो सन्देश दिनुभएको छ कि यदि समाज र राष्ट्रलाई हाम्रा बच्चाहरूको आवश्यकता छ भने तिनीहरूलाई रोक्नु हुँदैन। बालबालिकालाई समाजसेवा र राष्ट्र सेवाको मूल्य बुझाउनुपर्छ । सन्तानले समाजसेवा र राष्ट्रको सेवा गरे परिवारको इज्जत मिल्छ र वंशको नाम रोशन हुन्छ ।
जीवन साथीलाई विश्वास गर्नुहोस्
श्रीराम सीताको खोजीमा वन–जंगलमा भटकिरहेका थिए । जब माता सतीले श्रीरामलाई यस्तो अवस्थामा देखे, तब उनले सोच्न थालिन्, जसलाई शिवले पुज्ने श्रीराम सामान्य मानिसजस्तै रोइरहेका छन्, भटकिरहेका छन्, त्यो कसरी भगवान् हुन सक्छ । जब देवीले शिवलाई यो कुरा बताउनुभयो, शिवले भन्नुभयो यो सबै श्रीरामको लीला हो, श्रीरामलाई शंका नगर ।शिवको स्पष्टीकरण पछि पनि देवी सतीले पत्याउन सकेनन् । देवी सतीले श्रीरामको परीक्षा लिन्छु भन्ने सोचे र यस्तै सोचेर उनी देवी सीताको रूप धारण गरी श्रीरामको अगाडि पुगिन् । श्रीरामले देवीलाई चिने र निहुरिएर भने– देवी तपाई एक्लै आउनु भएको छ, शिव कहाँ हुनुहुन्छ ? यो सुनेर सतीले आफ्नो गल्ती महसुस गरिन् । जब उनी शिवकहाँ आइन्, शिवलाई थाहा भयो कि सतीले उनको कुरा विश्वास गरेनन् र श्रीरामको परीक्षा लिइन्। यसपछि शिवजीले मानसिक रूपमा सतीको त्याग गरेका थिए।
प्रतिक्रिया