मनसुन बाहिरिँदै, भारी वर्षाको सम्भावना छैन
नेपालखोज
२०७९ असोज ३० गते ६:२१

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको तथा भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बहिर्गमन भएसँगै हाल कुनै उल्लेखनीय मौसम सम्बन्धि चेतावनी तथा परामर्श छैन ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
तस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया