शताब्दी पुरुष जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा

नेपालखोज २०७९ कार्तिक १ गते ६:३४

काठमाडाैं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले हिजाे जारी गरेको विज्ञप्तिमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

‘शताब्दी पुरुष जोशीको निधनले शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ’, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

प्रतिक्रिया