गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना

नेपालखोज २०७९ कार्तिक ४ गते ६:२९

काठमाडाैं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

प्रतिक्रिया