शुक्रबार, चैत १६, २०८०

भदौ १ गतेबाट लागु कुमारी बैंकको सम्पूर्ण खातामा C-ASBA आवेदन शुल्कमा छूट

नेपालखोज २०७९ भदौ ३ गते १४:४७

काठमाडौं । कुमारी बैंक लिमिटेडले भदौ १ गतेबाट लागु हुने गरि सम्पूर्ण खातामा C-ASBA आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । भदौ १ गते कुमारी बैंक लिमिटेडको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क लाग्ने छैन ।

ग्राहकहरुको हित तथा पुंजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंक लिमिटेडले सो छुट ल्याएको हो । यस बाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत कुमारी बैंक लिमिटेडका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ ।

आफ्ना देशव्यापी १९७ शाखा-संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया