‘धरान सहर’ को छायाँकन सम्पन्न

धरान । पुर्वको चर्चित सहर धरानको वर्णन गर्दै तयार पारिएको पुर्वेली लोक जुहारी गीत ‘धरान शहर’ को छायाँकन धरानसँगै नाम्जे , भेडेटार ,पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ ।
युमन सोदेम्बा लिम्बु, रेखा फागो, बादल चेम्जोङ्ग र सुमन खेवा संगै गरिमा डान्स सेन्टरका कलाकारहरुको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन देवजंग थापाले गरेका छन् ।
मिडिया कनेक्सनको लागि प्रकाश आङ्बुहाङको निर्माण रहेको उक्त गीतमा चर्चित गायिका मेलिना राई संगै साक्थिम योंगयाको युगल स्वर रहेको छ । बिष्णु खजुमको सरल शब्दमा गायक साक्थिम योङ्गयाले नै संगीत तयार गरेका हुन् ।
मिडिया कनेक्सनको निर्माणमा तथा साक्थिम योङ्गयाको संगीतमा राजेश पायल राई, शुबानी मोक्तान लगायत अन्य चर्चित गायक-गायिकाहरुको स्वरमा समेत धमाधम गीत रेकर्ड भैरहेको र क्रमश: म्युजिक भिडिओ सहित सार्वजनिक गर्दै जाने निर्माता प्रकाश आङ्बुहाङले बताए ।

प्रतिक्रिया