प्राइम कमर्सियल बैंकको पहिलो त्रैमासिक नाफा ८७ करोड ४१ लाख

काठमाडौं । प्राइम कर्मसियल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ८७ करोड ४१ लाख ७० हजार तीन सय ९९ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ९७ करोड ७९ लाख ३४ हजार छ सय २९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पूँजी १८ अर्ब ६५ करोड ३२ लाख २८ हजार चार रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा एक खर्ब ५८ अर्ब ९८ करोड ३६ लाख ८९ हजार एक सय ७१ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब २८ करोड चार लाख दुई हजार पाँच सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ८८ करोड ५३ लाख २८ हजार ३७ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३१ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब सात करोड ३६ लाख ४९ हजार सात सय ८७ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६० अर्ब २० करोड ३३ लाख ५० हजार सात सय ९९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब १६ करोड ६९ लाख ५४ हजार छ सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा एक अर्ब ४० करोड १८ लाख ८६ हजार सात सय ६० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव शुन्य आठ प्रतिशत रहेको थियो ।








प्रतिक्रिया