शुक्रबार, वैशाख २६, २०८२

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै

नेपालखोज २०७९ कार्तिक १५ गते ६:४१

काठमाडौं । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको ‘वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता’ यही कात्तिक १९ देखि २६ गतेसम्म आयोजना गर्ने भएको छ ।

कमिटीले हिजाे काठमाडौँमा पत्रकार सम्मेलन गरी सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । एक सातासम्म चल्ने प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत टेनिसको महिला पुरुष विजेताले ८० हजार रूपैयाँ, दोस्रोले ४० हजार रूपैयाँ र तेस्रोले २० रूपैयाँ हजार पाउने भएका छन् । महिला पुरुष डबल्सको विजेताले ४० हजार रूपैयाँ, उपविजेताले २० हजार रूपैयाँ र तेस्रोले १० हजार रूपैयाँ पाउने आयोजकले जनाएको छ । पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमश ४० हजार रूपैयाँ , २० हजार रूपैयाँ र १० रूपैयाँ हजार, पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले क्रमशः २५ हजार रूपैयाँ, १५ हजार रूपैयाँ र पाँच रूपैयाँ हजार पाउनेछन् ।

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले क्रमशः ३० हजार रूपैयाँ, १५ हजार रूपैयाँ र पाँच हजार रूपैयाँ, ४५ वर्षमाथि डबल्सकाले क्रमशः २० हजार रूपैयाँ ,१० हजार पाँच हजार रूपैयाँ पाउने आयोजकले जनाएको छ । पुरुष ५५ वर्षमाथिका एकलले क्रमशः २० हजार रूपैयाँ , १० हजार रूपैयाँ र पाँच हजार रूपैयाँ, ५५ वर्षमाथि डबल्सले क्रमशः १५ हजार रूपैयाँ, आठ हजार रूपैयाँ र पाँच हजार रूपैयाँ र ६५ वर्षमाथिका शीर्ष तीनले क्रमशः १५ हजार रूपैयाँ, सात हजार पाँच रूपैयाँ र पाँच हजार रूपैयाँ पाउनेछन् ।

प्रतिक्रिया