क्रिकेटर लामिछानेको बयान सकियो, बुधवारबाट थुनछेक बहस हुने

नेपालखोज २०७९ कार्तिक १५ गते १८:३१

काठमाडाैं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीविरूद्ध भोलि (बुधवार)देखि थुनछेक बहस हुने छ । 

उनको मुद्दा मंगलवार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो । मंगलवार दिनभरि सन्दीपको बयान लिइएको अदालत स्रोतले जानकारी दिएको छ । सरकारी वकिलको कार्यालयले सन्दीपविरूद्धको मुद्दा सोमवार अदालतमा दर्ता गरेको थियो । प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्ध अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । 

प्रतिक्रिया