आयोगको निर्देशन: देउवाको डडेल्धुरा यात्रा स्थगित
नेपालखोज
२०७९ कार्तिक १६ गते १२:३६

काठमाडौं । नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरा यात्रा स्थगित भएको छ । निर्वाचन आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि नगर्नरनगराउन निर्देशन दिएसँगै देउवाको डडेल्धुरा यात्रा स्थगित भएको छ ।
त्यसक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो । स्रोतका अनुसार, ‘उहाँ सरकारी खर्चमा जाने तयारीका साथ अनुमतिका लागि चिठ्ठी आएको रैछ । हामीले बुझ्दा उहाँ सरकारी कामका लागि नभई प्रचारप्रसारकै लागि जान खोजेकोले अनुमति दिन नसक्ने भन्ने निर्णय भएको हो ।’
सम्बन्धित

प्रतिक्रिया