नेपाल बैंक र दराजबिच ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकलाई बैंकको ८६ औं बार्षिकोत्सको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना यही कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ ।
बैंकका अनुसार यही कात्र्तिक १७ बिहिबार बैंकको प्रधान कार्यालयमा भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैंयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई-कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।
नेपालभर २२१ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङप्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धिरुपमा अगाडि बढिरहेको छ ।
यहि कार्तिक ३० गते आउदै गरेको आफ्नो ८६ औं बार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै भब्य रुपमा मनाउने क्रममा डिजिटल बैंकिङ सेवाहरुमा आकर्षक छुटका योजनाहरु ल्याएको हो ।

प्रतिक्रिया