आइतबार, वैशाख २८, २०८२

अष्ट्रेलियासँग अफगानिस्तान ४ रनले पराजित

नेपालखोज २०७९ कार्तिक १८ गते १८:२०

काठमाडाैं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको छ । अष्ट्रेलियाले  दिएको १७९ रनको लक्ष्य पन्छाएको अफगानिस्तानले २० ओभरमा ७ विकेटको क्षतीमा १६४ रन मात्रै जोड्न सक्यो । जितसँगै  अष्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।  अष्ट्रेलिया ५ खेलमा ७ अंकका साथ दोस्रो स्थानमा छ ।

अब शनिबार इंग्ल्यान्डले श्रीलंकासँग खेल्नेछ । उक्त खेलमा इंग्ल्यान्ड विजयी हुँदा अष्ट्रेलिया स्वत बाहिरिने छ । इंग्ल्यान्ड पराजित भएमा भने अष्ट्रेलिया सेमिफाइनल खेल्नेछ । समूह ए बाट न्युजिल्यान्ड ७ अंकका साथ शिर्ष स्थानमा रहदैं सेमिफाइनलमा पुगेको छ ।

प्रतिक्रिया