प्रदेश १, वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षाको सम्भावना

नेपालखोज २०७९ कार्तिक २१ गते ६:४०

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

प्रतिक्रिया