शनिबार, असार २१, २०८२

कोरोनाको बदलिँदो रुप : सात नयाँ लक्षण

नेपालखोज २०७९ कार्तिक २१ गते ९:००

काठमाडाैं । गत वर्ष जाडोमा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पत्ता लागेपछि कोरोना भाइरसविरुद्धको लडाईले योजनालाई पूर्णरूपमा परिवर्तन गरेको छ ।

यद्यपि यो भेरियन्टले कोविडको पुरानो भेरियन्टको तुलनामा धेरै समस्या ल्याउदैन, तर चासोको विषय के हो भने कोविडका नयाँ भेरियन्ट धेरै छिटो फैलिन्छन् र तिनमा इम्युनिटीबाट बच्ने गुणहरू छन् । विश्व स्वास्थ्य संगठन (WHO) को हालैको रिपोर्ट अनुसार ओमिक्रोन भेरियन्टका ३०० भन्दा बढी उप-भेरियन्ट विश्वभर फैलिएका छन् । यी मध्ये ९५% BA.5 sublineages हुन्, जबकि २०% BQ.1 sublineages हुन् । Omicron को आगमन पछि कोरोना भाइरस संक्रमणसँग सम्बन्धित लक्षणहरु पनि परिवर्तन भएको छ ।

यति धेरै भेरियन्टको उपस्थितिमा कुनै व्यक्तिमा कोविडका लक्षणहरू देखिइरहेको छ भनेर कसरी पहिचान गर्ने प्रश्न जटिल हुनथालेको छ । Omicron का सामान्य लक्षणहरू ? स्वाद र गन्धको भावना गुमाउने जस्ता ‘क्लासिक’ लक्षण अब कोरोनाभाइरस संक्रमणको सूचक होइनन् । ओमिक्रोनले लक्षणहरू पनि परिवर्तन गरेको छ र संक्रमणको ‘सामान्य’ लक्षण अब खोकी हो, जुन दीर्घकालीन खोकी वा ब्रोन्काइटिसमा परिणत हुन्छ ।

यसबाहेक, थकान पनि एक लक्षण हो, जुन यति छिटो हुन्छ कि संक्रमित व्यक्ति आफ्नो दैनिक काम गर्न असमर्थ हुन्छ । टाउको दुखाइ, ज्वरो, नाक बग्ने, घाँटीको दुखाइ जुन अक्सर पीडादायक हुन्छ र खाना निल्न गाह्रो हुन्छ । मांसपेशी दुखाइ पनि यसको मुख्य लक्षण हो । Omicron क‍ो XXB र BQ.1 जस्ता नयाँ संस्करण देखा पर्दैछ, तर तिनले संक्रमण र अस्पताल भर्ना हुनेहरूको संख्यामा उल्लेखनीय वृद्धि ल्याएका छैनन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनिता म्याथ्यू नयाँ रूपका बिरामीहरूमा धेरै हदसम्म लक्षणहरू नदेखिएको बताउँछिन् । समाचार एजेन्सी पीटीआईका अनुसार उनले भनेकि छन्, ‘धेरै जस‍ो मानिसह संयोगवश कोभिड-१९ बाट संक्रमित भएका छन् । अर्को शब्दमा भन्नुपर्दा, उनीहरु स्वास्थ्यसँग सम्बन्धित अन्य समस्याका लागि अस्पताल गए र कोरोना भाइरसको संक्रमणबाट संक्रमित भए । कोभिड–१९ को प्रारम्भिक चरणमा सङ्क्रमित बिरामीहरूमा गन्ध हराउने, स्वाद गुमाउने जस्ता लक्षण प्रमुख रूपमा देखिएका थिए, तर अहिलेका बिरामीमा यस्ता लक्षण देखिँदैनन् ।

अहिलेका धेरै जसो बिरामी चिसो र खोकीबाट प्रभावित छन्, त्यसैले उनीहरू घरमै उपचार गर्छन् अर्थात परीक्षण गराउन कतै जाँदैनन् । एपोलो अस्पताल, नवी मुम्बईका संक्रामक रोग सल्लाहकार डा. लक्ष्मण जेसानीले संक्रमण धेरैजसो हल्का हुने भएकाले अस्पताल भर्ना हुने र आईसीयूमा भर्ना हुने सम्भावना कम रहेको बताए । यद्यपि, उनले मास्क लगाउने कुरामा जोड दिँदै भने, ‘कोविडको संक्रमणबाट जोगिन उच्च जोखिममा रहेका समूह तथा वृद्धवृद्धाले विशेषगरी भीडभाड हुने ठाउँमा जानु हुँदैन ।

प्रतिक्रिया