चालु आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको तयारी

नेपालखोज २०७९ कार्तिक २२ गते २०:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि दुुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । यही कात्र्तिक २२ गते मंगलबार राष्ट्र बैंकले चालु आवको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे उक्त परिमाणमा ऋण उठाउन लागेको जानकारी दिएको छ ।

आन्तरिक ऋणको लागि चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३० अर्ब रुपैयाँ, तेस्रो त्रैमासमा ८८ अर्ब र चौंथो त्रैमासमा एक खर्ब ३८ अर्ब रुपैयाँ समेत गरी कुल दुई खर्ब ५६ अर्ब रुपैंयाँ बराबरको आन्तरिक ऋण उठाउन लागिएको राष्ट्र बैंकको भनाई छ ।

ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउने जानकारी राष्ट्र बैंकले दिएको छ ।

प्रतिक्रिया