विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने फिफाको अनुमान

नेपालखोज २०७९ कार्तिक २३ गते १२:४३

फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेम फुटबलको नम्बर १ खेल हो ।

यसपटक सिमुलेसनमा अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई १–० ले हराएको देखिन्छ । अर्जेन्टिनाले सेमिफाइनलमा फ्रान्सलाई र ब्राजिलले पोर्चुगललाई हराएको छ । जर्मनी क्वाटरफाइनलमा ब्राजिलसँग पराजित भएको छ ।

यसअघि सन् २०१० मा फिफाको सिमुलेसनमा स्पेनले विश्वकप जित्ने नतिजा आएको थियो । स्पेनले त्यसबेला नेदरल्यान्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसयता सन् २०१४ मा जर्मनी र सन् २०१८ मा फ्रान्सले नै विश्वकप जित्ने फिफाको अनुमान थियो ।

यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही सावित भएको थियो । यसपटक अर्जेन्टिना प्रतियोगिताको उपाधि दावेदार टोली मानिएको छ । फिफाले प्रतियोगिताको समूह विभाजन अनुसार नै गरेको सिमुलेसनबाट फाइनल अर्जेन्टिनाले जित्ने नतिजा निस्किएको हो ।

प्रतिक्रिया