अन्तिम पटक भन्ने श्रेष्ठलाई पाण्डेको चुनौती

नेपालखोज २०७९ कार्तिक २३ गते १५:४९

काठमाडौं । मेरो यो अन्तिम चुनाब हो भन्दै अन्तर्वार्ता मार्फत भोट मागे पछि काठमाडौं क्षेत्र नम्बर- ९ का एमाले उम्मेदवार कृष्ण गोपाल श्रेष्ठलाई अर्का उम्मेदवार मिलन पाण्डेले चुनौती दिएका छन । पाइला चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका पाण्डेले भनेका छन- अब उहाँसंग भन्न केही एजेण्डा बाकी छैन । ३१ वर्ष भएछ, यही निर्वाचन क्षेत्रबाट उठेको ।

त्यसैले, उनको एजेण्डानै अन्तिम चुनावि हो । यो चरम सत्ता महत्वाकांक्षाको अन्त्य हुन जरुरी छ । पहिले बिबेकशिल साझाका नेता पाण्डेको भनाइ छ- हो, यो उहाँको अन्तिम निर्वाचन नै हो । हामी यो पटक उहाँलाई धन्यवाद सहित बिदा गर्दैछौँ । अनि, युवाले भिख मागेको होइन नि अर्को पल्ट भन्न, हामी हाम्रो योग्यता , क्षमता र भिजन सहित लडिरहेका छौँ ।

आउनुहोस्, एजेन्डा सहित प्रतिस्पर्धा गरौँ , बहस गरौँ । कुन चोक, कुन चौतारीमा गर्ने ?
पाण्डेले भनेका छन- तपाईंलाई धन्यवाद सहित बिदा गर्न क्षेत्र नम्बर- ९ का नागरिक आतुर छौँ ।

प्रतिक्रिया