धनी देशमा प्रयोग गरिएका कार अफ्रिकामा

काठमाडाैं । १,७०,००० किलोमिटर ड्राइभ गरेपछि, टोयोटा म्याट्रिक्स धेरै जीर्ण भएको छ । अब यो गाडी युरोपमा निरीक्षण परीक्षण पास नहुने हुनाले यसलाई अफ्रिका पठाइएको थियो । उक्त कार अफ्रिकी देश बेनिन पुग्यो र त्यहाँका एक कम्प्युटर वैज्ञानिकले यसलाई किने ।
विश्वमा सबैभन्दा बढी प्रयोग भएका सवारी साधन अफ्रिका पठाइन्छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१५ देखि २०२० को बीचमा ५.६ मिलियन पुराना सवारीसाधन अफ्रिकी महादेशमा पुगेका छन् । अफ्रिकामा प्रयोग हुने सवारी साधनमध्ये धेरैजसो युरोप, जापान, दक्षिण कोरिया तथा अमेरिकामा प्रयोग भैसकेका पुराना सबारि साधन हुन । यीमध्ये धेरैजसो सवारी साधनले वायु प्रदुषण निम्त्याउँछन ।
बेनिन्को सेकेन्ड ह्यान्ड कार बजार कोटोनो को तटीय शहर बेनिन को आर्थिक राजधानी मानिन्छ । कोटोनो बन्दरगाह नजिकै धेरै किलोमिटर लामो सेकेन्ड ह्यान्ड कार बजार छ। ११ मिलियन जनसंख्या भएको बेनिन अफ्रिकाको बुर्किना फासो, नाइजर, चाड र नाइजेरिया जस्ता देशहरूकाे लागि कार बजारको प्रवेशद्वार हो। टोयोटा म्याट्रिक्स, क्यानाडामा २००४ मा किनिएको थियो, बेनिनको सेकेन्ड-ह्यान्ड कार बजारमा पुगेपछि कम्प्युटर वैज्ञानिक एडम अडेबियले त्यसको खरिद गरे। उनीसँग नयाँ कार किन्ने पैसा थिएन ।
अडेबिया भन्छन्, ‘इन्जिन राम्रोसँग चलिरहेको छ , यसको आवाज सुनेर पनि यो गाडीको अवस्था थाहा हुन्छ ।’ ओसामा अलौच बेनिनका एक कार डिलर हुन् । उनले १५ वर्ष पुरानो सेडान करिब २,३०० डलरमा बेचेका छन् । नयाँ कारको मूल्य यो भन्दा १२ गुणा बढी छ । ‘हामी कबाडि आयात गर्दैनौं,’ आफ्नो गाडीको लाइनमा उभिएर अलौच भन्छन् । UNEP रिपोर्ट संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (UNEP) को २०२१ को प्रतिवेदनअनुसार, ‘विकासशील देशहरूमा पठाइएका अधिकांश सवारी साधन पुराना, प्रदूषित, अत्यधिक तेल खपत हुने तथा जोखिमपूर्ण छन् ।’ प्रतिवेदनमा भनिएको छ – सवारी साधनमा हुने यस्तो सम्झौताले कार्बन उत्सर्जन घटाउने प्रयासलाई पनि धक्का दिन्छ ।
२०१९ को अन्त्यमा, नेदरल्याण्ड्सका अधिकारीहरूले एम्स्टर्डमको बन्दरगाहमा यो व्यवसायका सम्बन्धमा अनुसन्धान गरे।अनुसन्धानमा हरेक हप्ता पुराना गाडीले भरिएका जहाज अफ्रिका जाने गरेको पाइएको थियोे । निरीक्षण गर्दा अधिकांश सवारी साधन १८ वर्ष पुराना र औसत दुई लाख किलोमिटर गुडेका फेला परे । युरोपका धेरैजसो देशमा, जहाँ यूरो ४ र यूरो ६ प्रदूषण प्रमाणपत्र भएका गाडीहरू चल्छन्, अफ्रिकामा पठाइएका अधिकांश कार युरो ३ मापदण्डका हुन्छन् ।
अफ्रिकामा वायु प्रदूषण UNEP का अनुसार, प्रयोग गरिएका कार तथा खराब गुणस्तरको इन्धन यस क्षेत्रका सहरहरूमा वायु प्रदूषण बढाउने प्रमुख कारक हुन्। संयुक्त राष्ट्र संघको शाखाका अनुसार सडकमा हिडेर विद्यालय जाने र सडकमा काम गर्ने बालबालिका यसबाट सबैभन्दा बढी जोखिममा छन् । पश्चिम अफ्रिकी देशहरूले दुई वर्ष अघि जनवरी २०२१ देखि अफ्रिका प्रवेश गर्न युरो ४ मानकका गाडीहरूलाई मात्र अनुमति दिने निर्णय गरेका थिए। तर, यो निर्णय कार्यान्वयन हुन सकेको देखिँदैन । एएफपी








प्रतिक्रिया