शुक्रबार, पुष ४, २०८२

विश्वको दोस्रो ठूलो क्रिप्टो एक्सचेन्ज कम्पनी दिवालिया

नेपालखोज २०७९ कार्तिक २७ गते ६:३८

काठमाडाैं । क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटिएक्स ( FTX ) ले दिवालियापन घोषणाका लागि अमेरिकि अदालतमा आवेदन दिएको छ।

कम्पनीले अदालतसँग सुरक्षा समेत मागेको छ भने ग्राहकहरूको पैसा फिर्ता गर्ने उपाय खोजिरहेको बताएको छ। विश्वको दोस्रो ठूलो क्रिप्टो एक्सचेन्ज सञ्चालन गर्ने कम्पनीका प्रमुख कार्यकारी साम बैंकम्यान फ्राइडले हिजो शुक्रबार नै आफ्नो पदबाट राजीनामा दिएका छन् । यो ३० वर्षीय सामका लागि दुर्भाग्यपूर्ण मानिन्छ । केवल एक हप्तामा एफटिएक्स ( FTX ) साम्राज्यको पतनले पहिले नै संकटमा परेको क्रिप्टो करेन्सिको बजारको विश्वासलाई हल्लाएको छ।

क्रिप्टोको राजा भनेर चिनिने सामले ट्विटरमा लेखेका छन्, ‘हामी यहाँसम्म आइपुगेकोमा म फेरि एकपटक माफी चाहन्छु । आशा छ कि सबै कुरा राम्रो हुँदै जानेछ। आशा छ कि हामी प्रक्रियामा पारदर्शिता र विश्वास ल्याउन सक्नेछौं । म स्थिति काबु बाहिर गएकोमा छक्क परेको छु।’

कम्पनीको पतन हुनु अघि, साम बैंकम्यान क्रिप्टो बजारका स्टारहरू मध्ये एक थिए। उनलाई दिग्गज लगानीकर्ता वारेन बफेटसँग तुलना गरिएको थियो । उनको कुल सम्पत्ति १५ अर्ब डलरको नजिक छ । दिवालियापन घोषणाका लागि आवेदन दिएपछि, कम्पनीले अदालतको निगरानीमा काम गर्न जारी राख्न तथा आफ्नो ऋण पुनर्संरचना गर्न सक्ने बताईएको छ ।

स्रोत : बीबीसी

प्रतिक्रिया