शनिबार, असार २१, २०८२

कोरोना भाइरसको चौथो लहरको चेतावनी

नेपालखोज २०७९ कार्तिक २७ गते ६:४५

काठमाडाैं । कोरोना भाइरस (कोरोनाभाइरस) ले विश्वभर आतंक मच्चाएको छ । खोपको प्रभावका कारण अहिले संक्रमण दर क्रमशः घट्दै त गएको छ तर कोरोनाको नयाँ संस्करणले फेरि एकपटक आतंकको वातावरण सिर्जना गरेको छ । यस्तोमा धेरैको मनमा प्रश्न उठिरहेको छ – कोरोनाको चौथो लहर त आउँदैन ? किनभने अहिले Omicron XBB र XBB1 को अर्को उप-भेरियन्ट देखा परेको छ।

ओमिक्रोनका सबै भेरियन्टको प्रकोप विश्वभर तीव्र गतिमा बढिरहेको छ। यसबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख वैज्ञानिक डा. सौम्या स्वामीनाथनले विश्वका थुप्रै देशमा XBB ले नयाँ लहर ल्याउन सक्ने चेतावनी दिएका छन् ।
यो भेरियन्ट हाम्रा दुई निकट छिमेकि भारत र चिनका अधिकांश भागमा समेत पुगिसकेको छ । XBB Omicron को उप-भेरियन्ट BJ.1 र BA.2.75 मिलेर बनेको हो । यसलाई पुन: संयोजक संस्करण भनिन्छ। जबकि, XBB.1 XBB को सब -भेरियन्ट हो।
बेलायत, अमेरिका र सिङ्गापुरमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्न थालेको छ । चीनका पनि अनेकौं सहरमा फेरि लकडाउनको अवस्था देखिएको छ । यो भेरियन्ट भारतका धेरै राज्यमा पनि पुगेको छ । अहिलेसम्म महाराष्ट्रमा सबैभन्दा धेरै केस दर्ता भएका छन्।

मृत्युको सम्भावना कम

कोरोनाको नयाँ भेरियन्टले ठूलो मात्रामा संक्रमण निम्त्याउन सक्छ, तर बिरामीको मृत्यु हुने र अस्पतालमा बिरामीको संख्या बढ्ने सम्भावना भने निकै कम छ ।

विज्ञहरूका अनुसार यी नयाँ भेरियन्टहरू अझ छिटो फैलिन र मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई चिर्न सक्षम छन् । जनसङ्ख्याको ठूलो हिस्साले भ्याक्सिन वा सङ्क्रमणका कारण भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गरेको छ, त्यसैले भाइरसले आफु बाँच्नका लागि प्रतिरोधात्मक क्षमताअनुसार आफूलाई अनुकूलन गर्ने प्रयास गर्नेछ । यद्यपि यसले स्थितिलाई थप बिगार्ने सम्भावना देखिँदैन । हाल कोभिड–१९ का अधिकांश बिरामीमा घाँटी दुख्ने, खोकी तथा ज्वरो आउने लक्षण देखिने गरेको छ जुन तीन दिनमा निको हुन्छ ।

कोरोना भाइरसका अनेकौं रूप
अहिले फेरि कोरोनाले नयाँ रूप लिएर विश्वभर कहर मच्चाउन थालेको छ। अब चाडैं नै कोरोनाको सुधारिएको रूप XBB र XBB1 संगै यसको चौथो लहर लहर आउन सक्ने कुरालाई विज्ञहरुले नकारेका छैनन् ।

यसअघि ओमिक्रोनको सब-भेरियन्ट BA.4 र BA.5 ले मानिसहरूलाई आफ्नो शिकार बनाएको थियो । विज्ञहरु भन्छन् – ओमिक्रोनको सब-भेरिएन्ट सतहमा आएपछि फेरि नयाँ लहरको खतरा उत्पन्न भएको छ। डब्लुएचओका प्रमुख वैज्ञानिक डा . सौम्या स्वामिनाथनले पनि नयाँ लहरको आशंका व्यक्त गरेका छन् ।

डा . स्वामीनाथनले ओमिक्रोनका ३०० भन्दा बढी सब-भेरिएन्ट रहेको बताएका छन् । उनकाअनुसार अहिले पुन: संयोजित भाइरसहरू बढि देखिएका छन्, तर XBB प्रतिरोधात्मक क्षमतालाई चकित पार्न सक्षम छ। डा . स्वामीनाथनका अनुसार केहि देशले XBB का कारण नयाँ लहरको सामना गर्नुपर्ने हुनसक्छ । यता यो XBB कति गम्भीर वा जोखिमपूर्ण छ भन्ने कुराको कुनै आधिकारिक जानकारि छैन । डा . स्वामीनाथन भन्छन् – यस्तोमा हामी चनाखो रहनुपर्छ र हामीले आफ्नो निगरानी बढाउनु पर्छ।

प्रतिक्रिया