चीनको शून्य कोभिड नीतिमा छुट

काठमाडाैं । कोभिड–१९ को कम प्रभावलाई ध्यानमा राख्दै चीनले आफ्ना नागरिकलाई केही राहत दिने घोषणा गरेको छ । भनिन्छ – चीनले आफ्नो कडा कोभिड-१९ प्रतिबन्धमा केही खुकुलो बनाउने निर्णय गरेको छ ।
राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार चीनमा कोभिड-१९ को रोकथाम र नियन्त्रणलाई थप सुधार गर्न नयाँ उपायहरूको घोषणा गरेको छ । घोषणाअनुसार, चीनले कोरोना प्रतिबन्धलाई सहज बनाउँदै हवाई यात्रुहरूका लागि क्वारेन्टाइन अवधि १० दिनबाट घटाएर ७ दिन बनाएको छ। सरकारी सूचनामा भनिएको छ ।
चिन भित्रिने यात्रुले अझै छ वटा न्यूक्लिक एसिड परीक्षण गर्नुपर्नेछ र सात दिन सम्म स्वतन्त्र रूपमा घुम्न अनुमति दिइने छैन। यात्रुहरूले चीनमा बोर्डिङ उडानको ४८ घण्टा भित्र लिईएको एउटा कोभिड परीक्षण रिपोर्ट देखाउन आवश्यक हुनेछ। हालसम्म चीनमा यात्रुले उडान भर्नुअघि दुईवटा कोरोना नेगेटिभ रिपोर्ट दिनु अनिवार्य थियो, जुन अहिले घटाएर एउटा गरिएको छ । चीनको नयाँ कोभिड नियम अन्तर्गत, क्वारेन्टाइनको दायित्व हटाइएको छ भने महत्त्वपूर्ण व्यवसायी तथा खेल समूहहरूलाई विशेषाधिकार दिइएकाे छ ।
चीनमा कोरोना महामारी नियन्त्रणका लागि कडा नियमको पालना भइरहेको छ । चीन सरकारको कोभिड–१९ सम्बन्धि कडा नियमका कारण सर्वसाधारणले निकै समस्या भोग्नुपरेको थियो । चीनको कुनै पनि क्षेत्रमा कोरोनाको केस देखा पर्दा पूरै क्षेत्रलाई सिल गरिन्छ । यो नियमले चिनियाँ नागरिकलाई सबैभन्दा बढी सताएको थियो।
यति कडा नियमले कारण कोरोना फैलन नदिने भएपनि यसका नकारात्मक असरहरु पनि देखिएका छन् । चीनको यहि कडा नीतिका कारण देशको आर्थिक गतिविधिमा नकारात्मक असर परेको छ । जसका कारण चीनको आर्थिक विकासमा मन्दी आएको बताइन्छ ।

प्रतिक्रिया