पहिलो प्रतिनिधि सभा निर्वाचन

काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि निर्वाचन हुने भएको छ । निर्वाचनका लागि उम्मेदवारको दौडधुप जारि छ भने आफ्ना उम्मेदवारलाई विजय गराउन समर्थकहरुको भिड पनि लागिसकेको छ । हरेक निर्वाचन अगाडि विभिन्न आश्वासन दिने तर पुरा नगर्ने विजयी उम्मेदवारहरुको बानि पनि यथावत नै छ ।
६४ वर्ष अघि नेपालीहरुले पहिलो पटक प्रतिनिधि सभाका लागि आफ्नो मत दिने कामको शुरुवात गरेका थिए । २०१५ सालको उक्त चुनावमा पश्चिम ३ नम्बर क्षेत्रमा प्रतिनिधि सभाकाका उम्मेदवारहरुको नामावली तथा निर्वाचनमा विजयीहरुको नाम (टिक लगाएको) यहाँ प्रस्तुत छ ।
त्यति बेला निर्वाचन अधिकृत ब्रजमोहन सोती थिए । प्रमुख अधिकार प्राप्त अफिसरका रुपमा तत्कालिन बडाहाकिम नारायण प्रसाद थपलियालाई अधिकार दिइएको थियो ।
उम्मेदवार हुनका लागि २५० रुपैयाँ धरौटी जम्मा गर्नुपर्ने थियो । मतदाता नामावलीको पहिलो सूची साउन २९ प्रकाशित भएको थियो । मतदाता नामावली प्रकाशनको ३० दिन भित्र दावी- बिरोधको पेश गर्ने सूचना प्रकाशित भएको थियो । निर्वाचनका लागि उम्मेदवारको नाम दर्ताको मिति २०१५ कार्तिक २४ देखि मंसिर २३ सम्म थियो भने मंसिर ३० सम्म नोमिनेशन जाँच गर्ने तथा त्यसको ३ दिन सम्म नाम फिर्ता लिन पाउने सूचना प्रकाशित गरिएको थियो ।


प्रतिक्रिया