आइतबार, वैशाख २८, २०८२

नेपालविरुद्धको मैत्रीपूर्ण खेल खेल्न पाकिस्तानी टोली काठमाडौंमा

नेपालखोज २०७९ कार्तिक २८ गते ९:००

काठमाडाैं । नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ । आज बिहान आइपुगेको पाकिस्तानको फिफाको निलम्बनपछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली नेपाल आइपुगेको हो ।

नेपाल  र पाकिस्तानबीचको खेलबुधबार  साँझ पाँच बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा  सुरु हुनेछ । 

प्रतिक्रिया