भारतको मध्य प्रदेशमा नेपाली घरेलु रक्सि छ्याङलाई मान्यता दिनुपर्ने माग !

काठमाडाैं । आफ्नो बयानबाजीका कारण चर्चामा रहने मध्यप्रदेशका सांसद शंकर लालवानीले एउटा नयाँ मुद्दा उठाएका छन् । उनले नयाँ अन्तःशूल्क नीतिमा नेपाली मदिरालाई पनि समेट्न मुख्यमन्त्री समक्ष आग्रह गरेका छन् । नेपाली संस्कृति परिषद् (अन्तर्राष्ट्रिय)का राष्ट्रिय सचिव शैलेश गुरुङले यस सम्बन्धमा सांसद लालवानिलाई ज्ञापनपत्र बुझाएका थिए । यो मागले राज्य सरकारको मदिरा नीतिमा नयाँ पेचँ ल्याउने भएको छ ।
राज्य सरकारको हेरिटेज रक्सी नीतिबाट प्रभावित इन्दोरका सांसद शंकर लालवानीले नयाँ मदिरा नीतिमा नेपाली रक्सि छ्याङलाई समेत समावेश गर्न माग गरेका हुन् । यसका लागि उनले मुख्यमन्त्रीलाई पत्र लेख्दै नेपाली रक्सिलाई पनि नयाँ अन्तःशूल्क नीतिमा समावेश गर्नुपर्ने बताए ।
वाणिज्य कर विभागका अधिकारीहरुले सांसदको पत्र प्राप्त भएको भन्दै सरकारले यसमा विचार गरिरहेको बताए । नयाँ अन्तःशूल्क नीतिमा आदिवासी समूहले उत्पादन गर्ने महुआ मदिराजस्तै नेपाली मदिरालाई समावेश गर्दा उक्त वर्गका जनताले कानुनी रूपमा यसको उत्पादन तथा व्यापार गर्न पाउने लालवानीले बताए ।
प्रदेश सरकारले नेपाली घरेलु रक्सिलाई मान्यता दिए रोजगारीको अवसर बढ्ने पनि बताईएको छ । नेपाली समुदायकी अनिता थापाले मध्यप्रदेशमा करिब ४.५ लाख नेपाली बसोबास गर्ने जानकारि दिदै भनिन्, त्यसमध्ये ८० प्रतिशत नेपालीले गुरु पूर्णिमा, दिपावली, दशैं तथा होलीमा धरेलु मदिरा उत्पादन गरी आफ्नो समुदायका जनतालाई ख्वाउँदै आएका छन् ।
स्थानीय मिडियाहरुका अनुसार चामल तथा जडीबुटीबाट तयार पारिएको यहाँको एउटा ब्रान्ड छ्याङ गाढा रंगको लो-अल्कोहल लिकर हो जसलाई त्यहाँ नेपाली बियर पनि भनिन्छ । यो हल्का भए पनि मादक हुन्छ । स्थानीय नेपालीहरूले यसलाई पाहुनाहरूको स्वागतमा प्रस्तुत गर्छन् । नेपाली बियर भनिने यो रक्सि प्रायः चामलबाट बनाइन्छ, जसमा जडीबुटी पनि मिसाइन्छ ।
प्रतिक्रिया