जाडोमा घाम ताप्ने सही समय र तरिका

काठमाडाैं । घाममा पर्दा हाम्रो शरीरले भिटामिन डी उत्पादन गर्छ । भिटामिन डी प्राप्त गर्ने एक मात्र प्राकृतिक स्रोत सूर्यको ताप हो । भिटामिन डीले हड्डी तथा दाँतलाई मजबुत बनाउन सहयोग गर्छ । यो शरीरका धेरै प्रक्रियाहरूमा पनि सहभागी हुन्छ । भिटामिन डी एउटा पोषक तत्व हो जुन भिटामिनका साथसाथै हार्मोन पनि हो । जाडो बढदै जाँदा सूर्यको तेज पनि कम हुँदै जान्छ ।
विशेष गरी हामीले बिहान सूर्यको किरण पाउँदैनौं जुन भिटामिन डी उत्पादन गर्न प्रभावकारी हुन्छ । घाममा नुहाउनु ( सन बाथ लिनु ) भिटामिन डी अवशोषित गर्ने सबैभन्दा राम्रो उपाय हो, तर जानकारीको अभावले मानिसहरू त्यसो गर्न असमर्थ छन् । सूर्यको किरण छालामा पर्दा कोलेस्ट्रोल भिटामिन डीमा परिणत हुन्छ ।
यसर्थ पनि आफ्नो छालालाई घाममा सेक्नुपर्छ। शोधकर्ताहरूका अनुसार छालाको एक तिहाइ मात्र घाममा पर्नुपर्छ । जसको छालाको रंग हल्का छ, उनीहरुले हप्तामा कम्तीमा १० देखि ३० मिनेट घाममा नुहाउनु (सन बाथ) पर्छ । जसको छालाको रंग अलि कालो हुन्छ, उनीहरूले योभन्दा अलि कम समय घाममा बस्नुपर्छ । हामी सबैलाई थाहा छ जाडोमा घाम ढिलो देखिन्छ ।
यस्तो अवस्थामा जाडोमा सूर्यको किरण प्राप्त गर्ने उपयुक्त समय दिउँसो हो भन्ने विज्ञहरुको राय छ । यद्यपि दिउँसो सूर्यले सबैभन्दा बढि यूभीबी ( UVB ) किरण उत्सर्जन गर्छ, त्यसैले पर्याप्त भिटामिन डी उत्पादन गर्न दिउँसो घाममा धेरै समय बिताउनु हुँदैन । समग्रमा, घाम ताप्ने सोचमा हुनुहुन्छ भने दैनिक २० देखि ३० मिनेट घाममा बस्नु प्रयाप्त हुन्छ । घाम ताप्दा उपयुक्त पहिरन लगाउनुपर्छ ताकि सूर्यको किरण सजिलै ग्रहण गर्न सकियोस् ।
प्रतिक्रिया