२०१५ को पहिलो आम निर्वाचन

नेपालखोज २०७९ कार्तिक ३० गते ११:४७

बि.स. २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन भएको थियो । देशमा प्रजातन्त्र आए संगै प्रत्येक सरकारको मुख्य एजेन्डा नै देशमा आम निर्वाचन गराउनु थियो । तर प्रत्येक सरकार आफ्नै स्वार्थमा अल्झदा आम निर्वाचन हुन सकेन । अन्तमा सुवर्ण शमशेरको अध्यक्षतामा बनेको सरकार २०१५ साल फागुन १५ गते आम निर्वाचन गर्न सक्षम भयो । उक्त निर्वाचनमा ९ पार्टीका ७८६ तथा स्वतन्त्र २६८ जनाले देशको १०९ चुनाव क्षेत्रबाट उम्मेदवारि दिएका थिए ।

कुल मतदाता ४२,८६,४६८ भए पनि मत भने १७,९१,३८२ मात्र खसेको थियो । यसरी निकै कम मत खस्नुको कारण जनताले मत हाल्न नजान्नु वा हाल्न नजानु नै थियो । त्यस समय चुनावी शिक्षाको कमी थियो भने आमसञ्चारको रुपमा रेडियो नेपाल नै प्रमुख श्रोत थियो । त्यहि समय रेडियो नेपालबाट प्रशारित हुने आम निर्वाचन अगाडीको प्रचार सामग्री यस प्रकारको थियो । उक्त अडियो मा त्यती बेलाका बिभिन्न दलको प्रचार सामग्री समावेश गरेर हालै तयार पारिएको भिडियो :

प्रतिक्रिया